खुत्रुकेमा जम्मा गरेको रकम रंगशाला निर्माणलाई

काठमाडौंः चितवनको भरतपुर महानगरपालिका–१६ रमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशला निर्माणका लागि आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । रंगशला निर्माणका लागि स–साना नानीहरुदेखि वृद्धसम्मले सकेजति आर्थिक सहयोग गरिरहेका छन् ।

यसैबीच रंगशाला निर्माण अभियानका लागि डेनमार्क बस्ने रिदम सापकोटाले खुत्रुकेमा जम्मा गरेको ११ हजार २ सय रुपैंया रंगशाला निर्माणका लागि सहयोग गरेका छन् । उनले उक्त रकम मंगलबार धुर्मुस–सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेका छन् । अभियानमा जोडिकोमा रिदमलाई फाउण्डेशनले धन्यवाद दिएका छन् ।

याे पनि पढ्नुस  धुर्मुस–सुन्तली क्रिकेट र‌ंगशाला निमार्णको काममा फर्कने (विज्ञप्तिसहित)

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् । यहाँ अहिले पिच निर्माण भइरहेको छ । रंगशालाको ड्रेन निर्माण तथा प्रारम्भिक पिल्लरका लागि फाउन्डेसन हुँदै छ ।

याे पनि पढ्नुस  चितवनमा कलाकार र पत्रकारलाई सम्मान गरिने  

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो । त्यसको चार दिनपछि काम सुरु भयो । जेठ १५ मा केही स्थानीय आक्रमणमा उत्रिएपछि ठप्प भएको काम ३ महिनापछि भदौदेखि सुरु भएको हो ।

काँसघारी सम्याएर निर्माण कार्य सुरु भएको डेढ महिना भएको छ । क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर ‘नमुना नेपाल’ निर्माणको महाअभियान थाँती राखी रंगशाला निर्माण सुरु गरेको फाउन्डेसनले अवरोधबीच आफ्नो अभियान स्थगित गर्न सकेन ।

याे पनि पढ्नुस  कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता

६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने र त्यसको २ वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । एक वर्ष बितिसकेको छ । असोजमा मात्र डीपीआर सार्वजनिक गरिएको थियो र मंसिरदेखि यहाँ युद्धस्तरमा काम सुरु भएको हो ।

कमेन्ट गर्नुहोस्