इपीएल खेल्ने विदेशी खेलाडी (सूचीसहित)

काठमाडौंः एभरेष्ट प्रिमियर लिग (इपीएल) को तेस्रो संस्करणमा चर्चित विदेशी क्रिकेटरले खेल्ने भएका छन् ।

इपीएलको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसार यो सिजनकोे इपीएलमा दक्षिण अफ्रिकाका हसिम अमला, रिचार्ड लेभी वेष्ट इन्डिजका ड्वायन स्मिथ, केस्रिक विलियम्स, अफगानिस्तानका मोहम्मद सेहजाद, श्रीलंकाका सेकुगी प्रसन्ना, उपल थरंगा, इंग्ल्याण्डका लियाम प्लेइङकट, आयरल्याण्डका पउल स्ट्रलिङ, केभिन ओब्रायन, स्कटल्याण्डका काइली कोयट्जर लगायत खेलाडी आउने भएका छन ।

याे पनि पढ्नुस  इपीएलका लागि खेलाडी रिलिज र अनुबन्धन, को आए को गए?

आयोजकका अनुसार अमला आउने निश्चित जस्तै भएको छ । बाँकी खेलाडीको आधिकारीक धारणा एक दुई दिनमा टुंगो लाग्ने बुझिएको छ । इपीएलले आफ्नो आधिकारीक वेबसाइटमा राखेका खेलाडी हेर्न यहाँ क्लिक गर्नुस्

यो संस्करणको इपीएल चैत्र १ देखि १५ सम्म हुने भएको छ । यस पटक गत सिजन ईपीएलपछि पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग खेलेका विदेशी खेलाडीले इपीएल खेल्न पाउने छैनन् ।

कमेन्ट गर्नुहोस्