टी–२० सिरिजः भारतले टस जित्यो, प्लेइङ ११ मा को–कोले पाए मौका?

काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पनि रेलु टिम भारतले टस जितेर बलिङ रोजेको छ ।

भारत र श्रीलंकाबीचको खेल साँझ ७ः१५ बजेदेखि इन्दोरमा सुरु हुँदैछ । सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । सिरिज जित्नका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।

याे पनि पढ्नुस  अष्ट्रेलियासँगको टी–२० मा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, सिरिज बराबरी

भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, वाशिङटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी।

श्रीलंकाको सम्भावित प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, भानुका राजापक्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरङ्गा र लाहिरू कुमारा ।

कमेन्ट गर्नुहोस्