निर्भया बलात्कार प्रकरणः ४ जना दोषीलाई फासीमा झुण्ड्याइँदै

नयाँ दिल्ली: दिल्लीको पटियाला हाउस कोर्टले निर्भयामाथि बलात्कारपछि हत्यामा संलग्न चारैजना दोषीविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको छ ।

निर्भयाका माता–पिताको निवेदनमा मंगलवार फैसला सुनाउँदै पटियाला हाउस कोर्टले भनेको छ, ‘चारै दोषी अक्षय कुमार सिंह (३१), पवन गुप्ता (२५), मुकेश (३२) र विनय शर्मा (२६) लाई २२ जनवरी बिहान ७ बजे तिहाड जेलमा फासी दिइयोस्।’

यो फैसला न्यायाधीश सतीश कुमार अरोडाले सुनाएका हुन् । जुन अपराधीलाई फासीमा झुण्डाउने फेसला सुनाइन्छ, उनीहरुविरुद्ध भारतीय अदालतले ‘डेथ वारेन्ट’ जारी गर्छ। निर्भया प्रकरणमा घटना भएको २५७८ दिनपछि अदालतबाट ‘डेथ वारेन्ट’ जारी भएको छ। १६ डिसेम्बर २०१२ मा निर्भया सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

याे पनि पढ्नुस  १६ वर्षमुनिका बालबालिकामाथि ५० प्रतिशत भन्दा बलात्कारका घटना

घटनाको नौ महिनापछि सेप्टेम्बर २०१३ मा तल्लो अदालतले दोषीलाई फासीको सजा सुनाएको थियो । मार्च २०१४ मा उच्च अदालत र मे २०१७ मा सर्वोच्च अदालतले उनीहरुमाथि फासीको सजाय कायम राख्दै फैसला सुनाएका थिए । ‘डेथ वारेन्ट’ लाई भारतमा ‘ब्ल्याक वारेन्ट’ पनि भन्छन् । यसमा दफा नम्बर -४२ लागू हुन्छ । यसमा फासीको समय,स्थान र तारिख तोकिएको हुन्छ । फासी पाउने सबैको नाम लेखिएको हुन्छ।

याे पनि पढ्नुस  हरेक दिन ७ जनाको बलात्कार, चैत यता मात्रै १२२१ बलात्कृत

यो वारेन्टमा फासीमा झुण्डाइएको जबसम्म मृत्यु हुँदैन तबसम्म झुण्डाइरहनुपर्ने पनि लेखिएको हुन् । मृत्युदण्डको मिति तोकिएसँगै दोषीहरुले त्यसविरुद्ध १४ दिन भित्र उच्च अदालतमा अपिल गर्न पाउँछन् । यदि अपिल नभएमा तोकिएकै मितिमा उनीहरुलाई फासीमा झुण्ड्याइन्छ । यदि उच्च अदालतले पनि मृत्युदण्डको निर्णय कायमै राखेमा उनीहरुलाई सर्वोच्च अदालतमा जाने अवसर दिइन्छ ।

याे पनि पढ्नुस  आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक पक्राउ

१६ डिसेम्बर २०१२ को राति दिल्लीको प्यारामेडिकल छात्रामाथि ६ जनाले गुडिरहेको बसमा बलात्कार गरेका थिए । गम्भीर चोटका कारण उनको २६ डिसेम्बरमा सिंगापुरमा उपचारका क्रममा निधन भएको थियो । यस मामिलामा पवन, अक्षय, विनय र मुकेशलाई फासीको सजाय सुनाइएको हो । यो मुद्दा चलिरहेकै बेला मुख्य दोषी राम सिंहले तिहाड जेलमा झुण्डिएर आत्महत्या गरेका थिए । एक अन्य दोषी नाबालिग भएकाले ३ वर्ष सुधार गृहमा बसेर छुटि सकेका छन् ।

कमेन्ट गर्नुहोस्