अष्ट्रेलियामा १० हजार ऊँट हेलिकोप्टरबाट गोली हानी मारिने

एजेन्सीः पानीको हाहाकार भएपछि अष्ट्रेलियाले १० हजार ऊँट गोली हानी मार्ने भएको छ । सुख्खा मौसमका कारण पानी पाउन मुश्किल भइहेको समयमा ऊँटहरुले धेरै पानी पिउन थालेपछि पानीको समस्या झनै बढेपछि स्थानीयले ऊँट मार्न आग्रह गरेका थिए ।

हाल दक्षिण अस्ट्रेलियामा पानीको हाहाकार मच्चिएकोले पाँच दिन लगाएर यी १० हजार ऊँटहरु हेलिकोप्टरबाट गोली हानी मारिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

याे पनि पढ्नुस  अष्ट्रेलियाबाट आएका थिए काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित

जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने चलन पहिलेदेखि रहिआएको छ। अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ । १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो ।

कमेन्ट गर्नुहोस्