विदेशको कमाइ बोकेर श्रीमती बेपत्ता, श्रीमानले दिए उजुरी

चितवनः जिल्लाको भरतपुर महानगरपालिका–१३ उज्ज्वल नगरकी प्रमिला सुनार दुई लाख नगद, दुई तोला सुनसहित आफ्नो बैंकको कागजात लिएर सम्पर्कविहीन बनेकी छन् । उनी २४ मंसिरदेखि परिवारसँग सम्पर्कविहीन बनेकी हुन् ।

श्रीमती परिवारबाट सम्पर्कविहीन भएपछि विदेशमा रहेका श्रीमान् सन्तोष सुनार नेपाल फर्किएका छन् । नेपाल फर्किएर खोजी गर्दा फेला नपारेपछि प्रहरी कार्यलयमा उजुरी दिएको उनले बताए । उनी करिब ८ वर्षदेखि वैदेशिक रोजगारीका लागि साउदीमा गाडी चलाउँदै आएका छन् ।

याे पनि पढ्नुस  अब भरतपुर विमानस्थल प्रदेशस्तरको हुने

पछिल्लो समय विदेशमा राम्रै पैसा कमाएका सन्तोषले श्रीमतीलालाई मासिक एक लाखभन्दा बढी पैसा पठाउँदै आएका थिए । उनले विदेशमा काम गरेर बाँकेमा ४ कठ्ठा जग्गा जोडेका थिए । जसमा २ कठ्ठा श्रीमतीको नाममा छ । यस्तै उनले भरतपुर–१३ पक्की घर बनाएका थिए । तर, घर धान्ने श्रीमती नै परिवारलाई छोडेर बेपत्ता भएपछि पीडा भएको उनले बताए ।

याे पनि पढ्नुस  चितवनमा थप २ कोरोना संक्रमितको मृत्यु

‘श्रीमतीलाई सजिलो होला भनेर माइती नजिकै घर बनाएर राखिदएँ’ सन्तोषले भने, ‘माइती नजिक हुँदा छोरा–छोरीलाई राम्रो होला भन्ने लागेको थियो, कुनै झगडा पनि भएको थिएन, तर हामीलाई नै छाडेर गइन् ।’

प्रमिलाकी भाउजू विमला सुनार नन्द कसैसँग भागेको हुन सक्ने बताउछिन् । ‘ज्वाइँले धेरै सुखमा राख्नु भएकाले नन्दलाई मात लागेको जस्तो छ’ उनले भनिन्, ‘उनी कसैसँग भागेको हुन सक्छ ।’

याे पनि पढ्नुस  शालिकराम आत्महत्या प्रकरणः वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु

यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता एक नारायण कोइरालाले प्रमिला सुनार हराएको भन्दै आफन्तले निवेदन दिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्