काठमाडौंः टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा पाहुना टोली श्रीलंकाले भारतलाई १ सय ४३ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रन बनायो ।
उसका लागि कुसल परेराले ३४, अविश्का फर्नान्डोले २२, डनुष्का गुणतिलकाले २०, धनन्जय डीसिल्भाले १७, वानिन्दू हसरंगाले अविजित १६, ओशादा फर्नान्डोले १० रन बनाए ।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा भारतका शार्दुल ठाकुरले ३, कुलीदप यादव, नवदीप सैनीले २–२ र जसप्रित बुमराह र वासिङटन सुन्दरले एक–एक विकेट लिए ।
तिन म्याचकाे सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो । सिरिज जित्नका लागि दुवै टिमका लागि आजको खेल महत्वपूर्ण हुनेछ ।
भारतको सम्भावित प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), शिवम दुबे, वाशिङटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी।
श्रीलंकाको सम्भावित प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, भानुका राजापक्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरङ्गा र लाहिरू कुमारा ।