विरगञ्जको एक कपडा उद्योगमा आगलागी

विरगञ्जः विरगञ्जको रेशमकोठीस्थित एक कपडा उद्योगमा भिषण आगलागी भएको छ ।महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा भिषण आगलागी भएको हो ।

आगलागीका कारण उद्योगको सम्पूर्ण मालसमान जलेर नष्ट भएको छ । उद्योगमा अचानक साँझ साढे छ बजे आगलागी भएको थियो । आगो निभाउने प्रयास जारी रहे पनि अझै आगो निभाउन दुई घण्टा लाग्ने अग्नि नियन्त्रक कार्कीले बताए ।

याे पनि पढ्नुस  इलामको शुक्रबारे बजारमा आगलागी, ७० लाख बराबरकाे क्षति

आगलागीका कारण उधोगमा रहेको तयारी कपडा, मटेरियल र मेसिन लगायत करोडौंको माल समाल जलेर नष्ट भएको यकिन गरिए पनि यथार्थ बिवरण भने अहिलेनै आउन सकेको छैन ।

कमेन्ट गर्नुहोस्