एक सय २२ चिनियाँलाई एक/एक हजार जरिवाना

काठमाडौंः नेपालमा बसेर इन्टरनेटमार्फत चीनमा ठगी गरेको आरोपमा पक्राउ परेका एक सय २२ चिनियाँ चार वर्षका लागि नेपाल आउन प्रतिबन्धित भएका छन् । अध्यागमन विभागले उनीहरूलाई जरिवाना गराई निष्कासनको निर्णय गरेको हो । पक्राउ परेका एक सय २० लाई एक/एक हजार र दुईजनालाई दुई/दुई हजार रुपैयाँ जरिवाना गरिएको छ ।

अध्यागमन कार्यविधिअनुसार पर्यटन भिसामा नेपालमा बसेर अपराध गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । तर, चिनियाँ दूतावासको दबाबमा अध्यागमनले न्यूनतम जरिवाना गरेको हो । जरिवाना चिनियाँ दूतावासले नै तिरेको छ । यसअघि अभद्र व्यवहार मुद्दामा पनि एकरएक हजार रुपैयाँ मात्र जरिवाना भएको थियो । धेरैजसो चिनियाँहरूको भिसाको म्याद नसकिएकाले थोरै जरिवाना गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । ‘जरिवानाभन्दा निष्कासनको निर्णय ठूलो हो,’ उनले भने, ‘पक्राउ पर्नेहरूले नेपालमा ठूलो अपराध गरेको भेटिएन ।’

याे पनि पढ्नुस  चिनियाँ प्रधानमन्त्री जापान जादैं

एक सय २२ चिनियाँलाई बुधबार चीन लैजाने तयारी छ । त्यसका लागि चीनले दुईवटा चार्टर्ड विमान ल्याउँदै छ । चीनले सबैको पासपोर्ट रद्द गरेको छ । ट्राभल डकुमेन्ट दिएर उनीहरूलाई चीन लैजान लागिएको छ । नेपाल र चीनबाट सुपुर्दगी सन्धि नभएकाले निष्कासनको प्रक्रियामार्फत लैजान लागिएको हो ।

याे पनि पढ्नुस  कालोबजारी गर्ने व्यापारीलाई ११ हजार जरिवाना

गत ७ पुसमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । तर, उनीहरूमाथि नेपाल प्रहरीले कुनै अनुसन्धान नै गरेन । पक्राउ परेकामध्ये कतिपय हुन्डीलगायत अवैध कारोबारमा संलग्न भए पनि त्यसउपर कारबाही गरिएन । चीनले कम्बोडिया, मलेसियालगायत देशबाट अन्तरदेशीय अपराधमा संलग्न आफ्ना नागरिकलाई पक्राउ गरेर लगेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएके हो ।

कमेन्ट गर्नुहोस्