अचेत महिलाले जन्माइन् स्वास्थ शिशु, १२ दिन भेन्टिलेटरमा

फाइल फोटो

काठमाडौंः निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुपर्यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उनले मृत्युपछि विजय हासिल मात्र गरिनन् सकुशल आमा पनि बनिन् ।

साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय(त्रिवि) शिक्षण अस्पताल पुर्याइयो, तर उनको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उनका श्रीमान यद्ध खड्काले उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याए ।

त्यहाँ पुर्याएको दुई घण्टामा रोग पत्ता लगाएर शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुवैले नयाँ जीवन पाएका छन् । चौलागाईँलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्