भक्तपुर नगरपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु

काठमाडौंः भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ ।

गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक वर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरप्रमुख सुनिल प्रजापतिले कार्यक्रमको मङ्गलबार शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरे ।

याे पनि पढ्नुस  हनुमन्ते खोलामा उर्लियो बाढी, भक्तपुर र सूर्यविनायकका बस्ती डुबानमा

स्थानीय सरकार सञ्चालन ऐन २०७४ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो ।

कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर छ प्रतिशत ब्याजदरमा रु ५ लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए । नगरपालिकाले शैक्षिक ऋण दिन निर्देशिका तयार गरेको छ ।

याे पनि पढ्नुस  एक नेपालीको थाप्लोमा ३७ हजार तीन सय !

नगरपालिकाले गत आव २०७५/७६ मा ३७ नगरवासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो । रासस

कमेन्ट गर्नुहोस्