मलेशियाका विभिन्न स्थानमा अध्यागमनको छापा: २८ नेपालीसहित १५६ आप्रवासी पक्राउ

मलेशिया । मलेशियाको अध्यागमन बिभागले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारमाथीको कारबाही सुरु गरेको छ।

सरकारले त्यहाँ रहेका अबैधानिक कामदारलाई स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम “ब्याक होम फर गुड” गत डिसेम्बर ३१ तारीख बाट सकिए लगत्तै बिभागले अवैधानिक माथिको कारबाही लाई तिब्रता दिएको हो ।

मलेसियाको अध्यागमन बिभागले गरेको पुर्व घोषणा अनुसार अहिले कामदारहरु बस्ने घर,बाटो,ट्रेन स्टेसन,बस स्टेसन लगायतका ठाउँमा छापा मार्ने काम सुरु भएको छ। बिभागको कारबाहीकै क्रममा मंगलबार दिउँसो क्वालालम्पुर स्थित जालान ह्याङ्ग कस्तुरी कोतराया बाट यौनकर्मी महिलाहरु संगै ३४ आप्रबाशी लाई पक्राउ गरेको छ जस मध्ये ९ जना नेपाली रहेका छन्।

याे पनि पढ्नुस  मलेशियाको जेलमा रहेका एक नेपालीलाई ११ बर्षको कैद सजाय माफ

पक्राउ पर्नेहरुमा बङ्गलादेश,म्यानमार,इन्डोनेसिया,ईन्डिया,नेपाल लगाएत देशका कामदार रहेको बिभागले एक बिज्ञप्ति मार्फत जानकारी दिएको छ तर पक्राउ परेका यौनकर्मीको परिचय भने खुलाईएको छैन ।

यता मंग्लवारनै मलेसियाको बातुकेभ र कोतादामानसारामा अध्यागमनले गरेको कारबाहीमा १२२ जना अबैधानिक समातिएको मध्य १९ जना अबैधानिक नेपाली कामदार रहेका छन्।

याे पनि पढ्नुस  अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा भाग लिन मलेशियाका लगानीकर्तालाई नेपाली दूतावासको अनुरोध

मलेशिया स्थित नेपाली दूतावासका अनुसार ब्याक फर होम गुड कार्यक्रममा अनुमानित ६ हजार अबैधानिक नेपाली कामदार सहभागी भएको जानकारी दिएको छ।

मलेसिया सरकारले अबैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्किन विभिन्न समयमा आममाफी कार्यक्रम मार्फत मौका दिए पनि अझै हजारौंको संख्यामा अबैधानिक लुकेर बसेको हुनसक्ने अनुमान छ।

कमेन्ट गर्नुहोस्