इरानमा भूकम्प

एजेन्सीः इरानमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधवार बिहान इरानको बुशहरमा न्यूक्लियर पावर प्लान्टको नजिक भूकम्पको धक्का महसूस गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो प्लान्ट कुवेतको नजिक रहेको छ । त्यहाँ पछिल्लो पटक २६ डिसेम्बरमा भूकम्पको धक्का महसूस गरिएको थियो ।

कमेन्ट गर्नुहोस्