काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी थन्डरविरुद्ध मेलबर्न स्टार्सका फास्ट बलर हरिस रौफले ‘ह्याट्रिक विकेट’ लिएका छन् । उनले खेलको अन्तिम ओभरमा ‘ह्याट्रिक विकेट’ लिएका हुन् ।
रौफले कप्तान कलुम फर्ग्युसन (३५), म्याट ग्लिक्सन (४१) र डानियल साम्सलाई शून्य रमना आउट गरेर ‘ह्याट्रिक’ पूरा गरे ।
जारी बीबीएलमा मेलबर्नको यो सातौं म्याच हो ।
उसले ७ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ । मेलबर्न तालिकामा १० अंकका साथ दोस्रो स्थानमा छ ।
यो पनिः सन्दीप आज विकेटविहीन