श्रीमती बितेको केही घण्टामै श्रीमानको पनि निधन

गोरखाः गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । जिल्लाको गण्डकी गाउँपालिका–३ फुजेलकी दयन्ती अम्गाईको मृत्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान ९२ वर्षीय कर्णखर अम्गाईको पनि मृत्यु भएको हो ।

सोमबार बिहान ३ बजे मृत्यु भएकी जयन्तीको दाहसंस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृत्यु भएको थियो । मंगलबार राती ९ बजे मृत्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दाहसंस्कार गरिएको छ ।

याे पनि पढ्नुस  कक्षा कोठामा शिक्षा सचिवको प्रश्नः ‘गाउँपालिकाका अध्यक्षको नाम के हो?’

श्रीमतीको अन्तिम दाहसंस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दाहसंस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

कमेन्ट गर्नुहोस्