अकोङकवामा यसरी फहराईयो नेपाली झण्डा (फोटोफिचर)

काठमाडौंः एसिया बाहिरकै सबैभन्दा अग्लो (६,९६२ मिटर) अकोङकवा हिमालको चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो पुर्‍याएर नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । पर्यटन व्यवसायी तथा आरोही गाइड टासि लाक्पा शेर्पाको नेतृत्वमा ५० बढी विदेशी र नेपाली आरोहीको टोलीले भ्रमण वर्षको प्रचार गरेको हो ।

दक्षिण अमेरिकामा रहेकाे अकोङकवा चुचुराे आरोहणमा अर्जेन्टिना, चीन, जापान, रसिया, जर्मन, नर्थ अमेरिका, स्पेन, फ्रान्सका गरी ५० जना बढी आरोही रहेको आरोही गाइड कर्मातेन्जिङले बताए । नेपाली र विदेशी आरोहीले एकै पटक चुचुरोबाट नेपाल भ्रमणका लागि सबैलाई आव्हान समेत गरेका थिए । साउथ अमेरिका र अर्जेन्टिनामा रहेको उक्त हिमालमा यो टोलीले पुस १९ चुचुरोबाट नेपाल भ्रमणको निम्तो गरेको सेभेन समिट ट्रेकका प्रवन्ध निर्देशक तथा आरोही लिडर टासिलाक्पा शेर्पाले बताए । यो टोलीले नेपाल भ्रमण वर्ष २०२० को लोगो चुचुरोमा फहराएका थिए ।

याे पनि पढ्नुस  नेपाल भ्रमण वर्षः प्रमुख १० विमानस्थलको सरसफाइ अडिट गर्दै सरकार

सात महादेशका अग्ला शिखरमध्ये अकोङकवा हिमाल मुख्य हो। सेभेन समिट पूरा गर्न यो हिमाल आरोहण गर्नुपर्ने हुन्छ । आरोही गाइड तथा पर्यटन व्यवसायी टासिको नेतृत्वमा सात महादेशका सातै वटा अग्लो शिखर आरोहण गरेर थप नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको बताए । पर्वतारोहण क्षेत्र नेपालको गुणस्तरीय पर्यटन क्षेत्र भएको भन्दै विश्वभरबाट नेपाल भ्रमणको प्रचार गर्नुको विकल्प नभएपछि प्रचारमा लागि परेको शेर्पाको भनाइ छ ।

याे पनि पढ्नुस  भ्रमण वर्षको उद्घाटनमा भाग लिन काठमाडौं पुगे जमैकाका पर्यटनमन्त्री

कमेन्ट गर्नुहोस्