दीपेन्द्रको निजी निवास पुनःनिर्माण गरिँदै

काठमाडौंः दरबार हत्याकाण्डको घटनासँग प्रत्यक्ष जोडिएको तत्कालीन युवराज दीपेन्द्र शाहको निजी निवास धमाधम पुनःनिर्माण भइरहेको छ । तत्कालीन राजा त्रिभुवनको निजी निवास त्रिभुवन सदनलाई प्रबलीकरण गरेर दीपेन्द्रको निजी निवासका रूपमा तयार गरिएको थियो ।

उनलाई १८ वर्ष उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सारिएको थियो । हत्याकाण्डका दिन सोही भवनको भर्‍याङमा तत्कालीन रानी ऐश्वर्यको हत्या भएको थियो । २०६१ सालमा त्रिभुवन सदनभित्र रहेको दीपेन्द्रको निजी निवासका साथै बिलियार्ड हललाई जगसहित भत्काइएको थियो ।

याे पनि पढ्नुस  नारायणहिटी दरबार सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छः मन्त्री आले

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी एक वर्ष्भित्र दीपेन्द्रको निजी निवासको पुनःनिर्माण सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाइएको बताए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्