अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी

एजेन्सीः बलिउड अभिनेता अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी परेको छ । विज्ञापनका कारण उनीविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

विज्ञापनका कारण अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । उनीमाथि मराठी समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट) को विज्ञापनमा अभिनय गरेका थिए ।

याे पनि पढ्नुस  अक्षय कुमार बने सबैभन्दा धनी बलिउड सेलिब्रिटी, कति कमाए यस वर्ष?

उक्त विज्ञापनमा उनी मराठी भूमिकामा देखिएका छन् । युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन् । त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ ।

विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेको देखिन्छन् । जुन किसिमले बिज्ञापन प्रस्तुत गरिएको छ त्यसले मराठी समुदायको आत्मसम्मानको अपमान गरेको पनि बताईएको छ । यस बिषयलाई लिएर अक्षयले कुनै प्रतिक्रिया जनाएका भने छैनन् ।

कमेन्ट गर्नुहोस्