यी हुन् अमेरिकाले निर्माण गरेका पाँच विध्वंशकारी हतियार

विश्वको सर्वाधिक शक्तिशाली देश अमेरिका आर्थिक रूपले मात्र होइन सैन्य शक्तिका हिसाबले पनि अजेय मानिन्छ।  यसको प्रमुख कारण उसले निर्माण गररेका विध्वंशक हतियारहरूलाई मान्ने गरिन्छ।  युद्धमा सधैँ ठुलो र खतरनाक काम गर्ने अभिलाषाले अभिप्रेरित भइ अमेरिकाले यस्ता हतियार निर्माण गरेको छ जसले उसलाई युद्ध मोर्चामा दुर्जेय साबित गरिदिएका छन्।  यी हतियारहरू जुन समयमा निर्माण गरिएका थिए त्यस बेला यिनको सामुमा आउँदा शत्रुको साटो पुत्लो जाने गर्दथ्यो।   यी हतियारहरूको मारक क्षमताको अनुमान लगाउन अमेरिकाले जापानका दुई शहर नागासाकी र हिरोशिमामाथि खसालेका दुई परमाणु बमले गरेको विध्वंश हेरे पुग्छ।  हेरौ अमेरिकाका यस्तै पांच सबैभन्दा खतरनाक हतियार जसले अमेरिकाका दुश्मनहरूलाई छिनमै  घुंडा टेक्न बाध्य बनाइदियो।

द ग्याट्लिङ् गन

अमेरिकी गृहयुद्धकालमा उसले  सर्वप्रथम यस बन्दुकको प्रयोग गरेको थियो। त्यो बेला अमेरिकाले यस बन्दुककै सहायताले थुप्रै मोर्चाहरूमा विजय हासिल गऱ्यो । यो संसारकै पहिलो ऱ्यापिड  फायर गन थियो।

यस बन्दुकको निर्माण अमेरिकी वैज्ञानिक रिचर्ड ग्याटलिङ्ले गरेका थिए।  सुरुमा यस बन्दुकमा चारैतिर छ नाल रहेका थिए जसबाट प्रति मिनेट तीन सय ५० गोली हान्न सकिन्थ्यो।  पछि अमेरिकी सेनाको शोधबाट यसमा सुधार ल्याइयो र यसमा छको सट्टा १० नाल बनाइए।  यसले प्रति मिनेट चार सय गोली प्रहर गर्न सक्थ्यो।    पछि ग्याट्लिङ् गनको ठाउँ ‘द म्याक्जिम मेसिन गन’ भन्ने अझ परिष्कृत बन्दुकले लियो।  यसले प्रथम विश्व युद्धमा अमेरिकालाई निकै सफलता दिलायो।

परमाणु बम

द्वितीय विश्व युद्धको बेला अमेरिकाले परमाणु बम विकसित गरेको थियो।  १९३९ मा थालिएको यस परियोजनाको नाम ‘म्यानहट्टन  परियोजना’ राखिएको थियो। तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन रुजभेल्टलाई युरेनियम समितिले यसको विध्व्न्षक क्षमता अकल्पनीय रेको बताएको थियो।  यस बमको परिक्षणपछि उनले समेत यस हतियारले मानव इतिहासमा कहिले कल्पना नगरिएको विनाश ल्याउन सक्ने टिप्पणी दिएका थिए।

द्वितीय विश्व युद्धमा जापानले अमेरिकाको पर्ल हार्बरमा आक्रमण गरेपछि अमेरिकाले दुई जापानी शहर नागासाकी र हिरोशिमामाठी एक एक बम खसालेर ती दुवै शहर ध्वस्त बनाइदिएको थियो।  यी बमहरू पहिले पुरानो राजधानी क्योटोमाथि खसालिने तयारी रहेको बताइन्छ।  तर पछि योजना परिवर्तित गरेर लक्षलाई नागासाकी र हिरिसिमा सारियो।  यस आक्रमणले पूर्वी मोर्चामा निकै आक्रामक रहेको जापान तत्काल घुँडा  टेक्न बाध्य भयो।  भानिच्न्छ अमेरिकाले जापानका १५ ठाउँमा यस्तो आक्रमण गर्ने तयारी गरिरहेको थियो।  यस बमको निर्माण जे. रोबर्ट ओपेनहाइमरले गरेका थिए।  उनलाई ‘परमाणु बमका पिता भनिन्छ।

प्रिसीजन गाइडेड वीपन्स

यी त्यस्ता हतियार हुन् जसले पूर्व निर्धारित लक्षमा अचूक निसाना लगाउन सक्छन्। अमेरिकाले ७० को दशकमा ठुलो मात्रामा यस्ता हतियारहरूको निर्माण गरेको थियो।  उदाहरणको लागि अमेरिकाले १९४३ मा ४०० बी-१७ बमवर्षक प्रयोग गरेर जर्मन वायुसेनालाई ध्वस्त बनाइदिएको थियो।  त्यस्तै १०७२ मा भियातनाम युद्धको दौरान अमेरिकाले लेजर गाइडेड बम प्रयोग गरेको थियो।  यसले अमेरिकालाई भियतनाममा झन् शक्तिशाली बनाइदिएको थियो।  गएका ४० वर्षमा अमेरिकालाई प्रिसीजन गाइडेड वीपन्सले उसलाई हरेक खाले युद्धमा जीत दिलाएको छ।

स्टेल्थ

स्टेल्थको अर्थ हुन्छ ‘सुटुक्क। ‘ अमेरिकाले यस प्रविधिको विकास १९६०-७० को दशकमा रुसले जमिनबाट हावामा मार हान्न सक्ने प्रविधिको विकास गरेपछि गरेको हो।  रूसका वैज्ञानिक ‘प्योर उफिमेत्सेभ’ पहिलेदेखि नै यस प्रविधिको विकासमा लागेका थिए।  यस प्रविधिको सुत्र अमेरिकी कम्पनी लकहीड  मार्टिनका वैज्ञानिक डेनिस ओभरहोल्सरले फेला परेपछि अमेरिकाले रुसभन्दा पहिला नै स्टेल्थ विमान विकासित गरेको थियो।  यसको नाम ‘होपलेस डायमण्ड राखिएको थियो। यस विमानको विशेषता भनेको राडारको नजरबाट बच्न सक्नु हो।  होपलेस डायमण्डलाई पछि लकहीड एफ-११७ विमानमा विकसित गरियो। यो सन् १९८१ को पहिलो अपरेसनल स्टेल्थ एयरक्राफ्ट थियो। त्यसपछि बी-२, एफ-२२, एफ ३५ जस्ता अन्य स्टेल्थ  विमान पनि निर्माण गरिए। यी विमानहरूको गति र एण्टी इन्फ्रारेड प्रविधि यिनलाई राडारको पकडमा आउन दिँदैन।

ड्रोन्स

ड्रोन प्रविधिका विकासकर्ता अब्राहम कारेमले सबैभन्दा पहिले इजरायली सेनाका लागि ड्रोन निर्माण गर्दा यसलाई भविष्यमा ‘एमक्यू-१ प्रीडेटर’ नामक खतरनाक ड्रोनले युद्धको परम्परानै बदलिन सक्ला भन्ने अनुमान समेत गर्न सकेका थिएनन्।  सन् १९९० मा सार्वजनिक भएको प्रीडेटरपछि अमेरिकाले यस क्षेत्रमा निक प्रगति गऱ्यो र उसले युद्ध प्रयोजनका लागि मानव रहित विमान बनाउने दिशामा निकै प्रगति हासिल गऱ्यो।  सन् २००५ मा अमेरिकाले  एमक्यू-९ सी रीपर ड्रोन तयार गऱ्यो।  यसको मरक क्षमता एमक्यू-१ प्रीडेटर भन्दा निकै बढी थियो। यस पछि ‘नर्थरोप ग्रुमेन एक्स-४७ बी’ नाम गरेको फाइटर जेट निर्माण भयो जसमा पाइलटको आवश्यकता हुँदैन। यसलाई रिमोटको माध्यमले उडाउन  मिल्छ।  यो निकै खतरनाक अमेरिकी ड्रोन मानिन्छ । ड्रोनको सबै भन्दा ठुलो फाइदा भनेकै यसलाई बिना पाइलट उदाउन सकिनु हो।  अमेरिकाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीलाई मार्न ड्रोन कै उपयोग गरेको थियो। एजेन्सीजको सहयोगमा 

कमेन्ट गर्नुहोस्