काठमाडौंः सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफमाथि ४–२ गोलको रोमाञ्चक नतिजा निकाल्दै संकटा क्लबले जारी प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।
आज भएको पाँचौं चरणको खेलमा संकटाले एपीएफमाथि ४–२ को रोमाञ्चक नतिजा निकाल्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । संकटाको जितमा विदेशी खेलाडी अजय मार्टिन्सले २ गोल गर्दा लक्ष्मण रुचाल र कर्णबहादुर सुब्बाले १–१ गोल थपे । एपीएफका नवीन लामा र आशिष लामाले २ गोल फर्काए पनि हार टार्न सकेनन् ।
जितसँगै संकटाले ३ अंक जोडेको छ । अब संकटाको लिगमा ७ अंक भएको छ । संकटा लिगको सातौं स्थानमा उक्लिएको छ । पराजित एपीएफ ४ अंकसहित लिगको ११औं स्थानमा छ ।