काठमाडौंः अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरमा ट्रोलको सिकार बनेकी छन् ।
केही समयअघि मात्रै अभिनेत्री सोनाक्षीले ट्वीटरमा आफ्नो तस्वीर सेयर गरेकी छन्, जहाँ उनले क्याप्सनमा ‘नोथिङ टु हाइड, नोथिङ टु फियर, नोथिङ टु स्टप’ लेखेकी थिइन् । त्यस्तै सोनाक्षीले सेयर गरेकी टि–शर्टमा पनि कालो अक्षरमा ‘लुकाउनका लागि केही छैन’ लेखिएको छ ।
यसै ट्वीटका कारण सोनाक्षी ट्रोलको सिकार बनेकी हुन् । फ्यानहरुले यस्तो ट्वीर गरेर के साबित गर्न चाहेकी ? भन्दै प्रश्न गर्न सुरु गरिसकेका छन् । यसैबीच एक युजरले लेखेका छन्, ‘नोथिङ टु शो’ भनेर अर्को एक लाइन पनि थपिदिनुस् ।’
Nothing to hide, nothing to fear, nothing to stop me. pic.twitter.com/QVlFQ13pho
— Sonakshi Sinha (@sonakshisinha) January 8, 2020
त्यस्तै अर्को एक युजरले अशिलता फैलाएकी भन्दै सोनाक्षीको उक्त ट्वीटमाथि आपत्ति नै जनाएका छन् । उनले भनेका छन्, ‘तपाई जस्तो ठूलो मान्छेहरुले ट्वीट गर्नुपूर्व किन सोच्नुहुन्न, यसको प्रभाव कस्तो पर्छ भनेर ?’
यस अगाडि पनि सोनाक्षी केबीसीमा एक प्रश्नको उत्तर दिन नसक्दा ट्रोलको सिकार बनेकी थिइन् ।