नियमको उल्लंघन गर्ने कसैलाई सहुलियतको सुविधा नदिनूंः पोखरेल

काठमाडौंः सडक नियम उल्लंघनलाई सहुलियतको सुविधा नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

बिहिबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रममा उनले उपस्थित प्रहरी कर्मचारीहरूलाई सो निर्देशन दिएका हुन् । सडकमा डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतको निगरानीमा रहने भएकाले उसको बोली, बचन, व्यवहार अनुशासन र निश्पक्ष कार्य सम्पादनले सम्रग संगठनको छवीमै प्रभाव पार्ने भन्दै उनले ट्राफिक प्रहरीले संगठनको ऐनाको रूपमा आफुलाई प्रस्तुत गर्नुपर्ने बताए ।

याे पनि पढ्नुस  तीव्रगतिका कारण नरपानी दुर्घटनाः छानबिन समिति    

धुलो–धुवा, घाम–पानी नभनी हरपल डिउटीमै खटिने ट्राफिक प्रहरी एउटा सानो गल्ती वा लोभले समग्र संगठनलाई आलोचित र लज्जित पार्ने पोखरेलले बताए । सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार्दै बोली वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाउन र कानून कार्यान्वयनमा निर्ममता अपनाई कार्य गर्न पनि मातहत कर्मचारीहरुलाई निर्देशन दिए ।

कमेन्ट गर्नुहोस्