धनगढीः धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढी बिषयगत समितिहरु सक्रिय बनाउँदै लगेको बताएकी छन् ।
प्याक्ट÷साहस नामक संस्थाले बिहीबार धनगढीमा आयोजना गरेको स्थानीय सरकारको तहमा संचालन गरेका स्थिति विश्लेषण घटना अध्ययनसम्वन्धी अध्ययनका नतिजा तथा सिफारिस सार्वजनिकरण कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन् ।
‘सुरुका दिनमा बिषयगत समितिलाई काम कर्तब्य बुझ्नका लागि केहि समस्या देखिए पनि अब समितिका पदाधिकारीहरू अभ्यस्त भैसकेका छन्’, उप–प्रमुख भट्टले भनिन्, ‘त्यसैले अहिले सबै बिषयगत समिति सक्रिय रहेका छन् ।’
‘आयोजक संस्थाले बिभिन्नतहमा अध्ययन गरेर धनगढीमा सार्वजनिक गरेको नतिजा यस स्थानीयतहमा हुबहु नमिल्न सक्छ’,उप–प्रमुख भट्टले भनिन्, ‘तर पनि प्रतिवेदनलाई सकारात्मक रुपमा लिन सकिन्छ ।’