तनहुँमा बस दुर्घटनाः दुईको मृत्यु, २४ घाइते

तनहुँः घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ यात्रु घाइते भएका छन् ।

दुर्घटनामा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको छ । यसैगरी घटनामा गम्भीर घाइते भएकी घिरिङ–३ कि ४२ वर्षीया नानिमाया गुरुङको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।

याे पनि पढ्नुस  काठमाडौंमा बस दुर्घटना, ३ जनाको मृत्यु

भिमाद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीका अनुसार, दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।

दुर्घटनामा घाइते भएका २० जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोक दुर्घटनाः मृतकको संख्या ६ पुग्यो, ४० भन्दा बढी घाइते

शुक्रबार पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्