तनहुँः घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ यात्रु घाइते भएका छन् ।
दुर्घटनामा घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापाको मृत्यु भएको छ । यसैगरी घटनामा गम्भीर घाइते भएकी घिरिङ–३ कि ४२ वर्षीया नानिमाया गुरुङको पनि मृत्यु भएको छ । उनको उपचारका क्रममा निधन भएको जनाइएको छ ।
भिमाद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भेषराज रेग्मीका अनुसार, दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।
दुर्घटनामा घाइते भएका २० जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
शुक्रबार पाल्पाको रामपुरबाट भिमाद आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको हो ।