चलचित्र ‘इन्काउन्टर’को ‘बारूली बारूली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः नेपाली कथानक चलचित्र ‘इन्काउन्टर’को गीत ‘बारूली बारूली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा आइटम गीत बारूली बारूली सार्वजनिक गरिएको हो । गीत ओएसआर डिजिटलबाट वल्र्डवाइड रिलिज गरिएको छ ।

आइटम गीतमा सूर्यकमल राईको संगीत रहेको छ भने शब्द लेखन नारायण नेपालको रहेको छ । गीतमा मीना निरौलाको स्वर रहेको छ । फिल्मको लेखन तथा निर्देशन नरेन्द्र भट्टराई (एनबी अञ्जान) ले गरेका हुन् । चलचित्रमा सहनिर्माता कविभक्त क्षेत्री र देवराज प्रसाई रहेका छन ।

फिल्मका कार्यकारी निर्माता कुमारप्रसाद ओझाले फिल्म इन्काउन्टर नेपाली चलचित्र क्षेत्रका लागि नयाँ प्रयोग हुने बताउँदै नवीनतम् सन्देश र संकल्पसहितको फिल्म निर्माणमा आफ्नो टिम लागेको उल्लेख गरे ।

कमेन्ट गर्नुहोस्