बिग बास लिगः सन्दीपले दिलाए अर्को सफलता

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न रेनेगेड्सविरुद्ध मेलबर्न स्टार्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो चौथो ओभरमा पनि विकेट लिन सफल भएका छन् ।

सन्दीपले १६.१ ओभरमा व्यक्तिगत २५ रन बनाएर खेलिरहेका बीजे वेबस्टारलाई आउट गरेका हुन् ।

यसअघि सन्दीपले आफ्नो तेस्रो ओभरमा शन मार्शसलाई आउट गरेका थिए । पहिलो र दोस्रो ओभरमा बिनाविकेट २३ रन दिएका सन्दीपले तेस्रो ओभरमा भने लय समाते । उनले आज ४ ओभरमा २ विकेट लिएर ३९ रन खर्चिए ।

याे पनि पढ्नुस  ग्लोबल टि–२० लिगः सन्दीपले लिए कप्तानको विकेट

मेलबर्न स्टार्सले आज पनि ‘ब्याट फ्लिप’ जितेर बलिङ गरिरहेको हो । जारी प्रतियोगितामा सन्दीप आवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । उसले ७ म्याचमा ६ मा जित हासिल गर्दै १२ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ । यता गत विजेता रेनेगेड्सले भने ७ म्याच खेल्दा सबै खेलमा हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  मेलबर्नविरुद्ध ८६ रनमै समेटियो पर्थ, सन्दीपले लिए लगातार २ विकेट

मेलबर्न स्टार्सको प्लेइङ ११ः ग्लेन म्याक्सवेल, हिल्टन कार्टराइट, नाथन कटर–नाइल, बेन डन्क, सेव गोच, लान्स मोरिस, सन्दीप लामिछाने, निक लार्किन, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

रेनेगेड्सको प्लेइङ–११ः शन मार्श, साम हार्पर, मार्कस हैरिस, बउ वेबस्टर, समित पटेल, ड्यान क्रिश्चियन, टम कूपर, विल सुदरल्याण्ड, क्यामरन ब्यायस, जो मेन्ने, रिचर्ड ग्लेसन ।

कमेन्ट गर्नुहोस्