काठमाडौंः ट्याक्सीमा छुटेको नगद तथा मोबाइल फोन सम्बन्धित धनीले फिर्ता पाएका छन् । ट्राफिक प्रहरीको सहयोगमा भेटिएको पर्स तथा मोबाइल फोन सम्बन्धित ब्यक्ति ज्ञानु शर्माले फिर्ता पाएकी हुन् ।
बिहीबार बिहान साढे ९ देखि १० बजेको बिचमा भक्तपुर ठिमीदेखि मालिगाँउसम्म जाँदा बा२ज९१ नम्बरको टयाक्सीमा सो सामान छुटेको थियो ।
शर्माले दिएको निवेदनको आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार खोजतलास गर्दा सामन भेटिएको हो ।