देशलाई भ्रष्टाचार र कांग्रेसलाई विकृति मुक्त गर्ने अभियान सुरुः पौडेल

तनहुँः नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भ्रष्टाचारबाट र नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्ने अभियान सुरु गरिएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं तनहुँ महोत्सवको उद्घाटन समारोहमा नेता पौडेलले सो कुरा बताएका हुन् ।

‘मैले एउटा अभियान चलाएको छु । यो देशलाई भ्रष्टाचार मुक्त गर्नुछ मैले भन्ने गरेको छु’, वरिष्ठ नेता पौडेलले भने, ‘नेपाली कांग्रेसलाई विकृतिबाट मुक्त गर्नुछ । मैले आफ्नै पार्टीलाई पनि सुधार्नु छ भन्ने नारा दिएको छु ।’

याे पनि पढ्नुस  कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सो अन्तरगत नेपाली कांग्रेसका जिल्ला सभापतिलाई काठमाडौं बोलाएको उनले बताए । दुईतिहाई सभापति काठमाडौं आएपनि अन्य कारवाहीको डर, त्रासले नआएको उनले बताए ।

सरकारले कृषि क्रान्ति, पर्यटनको विस्तार र उर्जा शक्तिको बिकास मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउदै वरिष्ठ नेता पौडेलले सरकारले राम्रो काम गर्न नसकेको आरोप समेत लगाए ।

कमेन्ट गर्नुहोस्