काठमाडौंः संचारमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थप जिम्मेवारी दिइएको छ ।
संञ्चारमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बाँस्कोटालाई शहरी विकास मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी स्वस्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका ढकाललाई दिइएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटा र ढकाललाई थप जिम्मेवारी दिएकी हुन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र समाजवादी पार्टीकै इस्तियाक राईले शहरी विकास मन्त्रालयबाट राजिनामा दिएपछि ती दुई मन्त्रालय खाली रहेका थिए ।