अष्ट्रेलियाको भीषण डढेलोबाट ४.४ अर्बको क्षति, डढेलो अझै अनियन्त्रित

काठमाडौंः अष्ट्रेलियाको जंगलमा तीन महिनादेखि डडेलो लागिरहेको छ । अग्नि नियन्त्रकको ठूलो प्रयासको बावजुद डडेलो पूर्ण रुपमा निभेको छैन ।

अष्ट्रेलियामा अहिले उत्तर गोद्धार्धको उल्टो मौसम अर्थात गृष्म ऋतु चलिरहेको छ । यो वर्षको गृष्म अत्यधिक सुख्खा हुदाँ डडेलो थप तिव्रताका साथ फैलिरहेको छ ।

याे पनि पढ्नुस  ‘गल्फ बल’ जत्रो असिना बर्सियो अष्ट्रेलियामा

डडेलो जारी रहदाँ त्यसले अष्ट्रेलियाको अर्थतन्त्रमा पारेको प्रभावका तथ्याक बारिन थालेका छन् ।

रेटिङ एजेन्सी मूडीजले जंगलमा लागेको आगोको कारण ४।४ अर्ब डलरको नोक्सानी पुगिसकेको अनुमान सार्वजनिक गरेको छ ।

मूडीजसँग आबद्ध क्याटरीना एलका अनुसार डडेलोको कारण भएको क्षतिले गर्दा अष्ट्रेलियाको अर्थतन्त्रमा उपभोक्ताको सरकारप्रतिको विश्वास नै डगमगाएको छ ।
मूडिजका अनुसार झन् वायु प्रदुषण र पर्यटन–कृषि क्षेत्रमा परेको नोक्सानीले अर्थतन्त्रको क्षति थप वृद्धि गर्न सक्छ ।

याे पनि पढ्नुस  अष्ट्रेलियामा नेपाली युवाबीच ग्याङ फाइट, एक जनाको मृत्यु

अष्ट्रेलियाको जंगल र झाडीमा लागेको डडेलोले ८४ लाख हेक्टर क्षेत्रलाई डडाइसकेको छ । त्यस्तै दुई महिनाभित्र २५ मानिस मारिईसकेका छ ।

डडेलोबाट न्यु साउथ वेल्स राज्यको कोबार्टो र मोगो सहरमा विध्वसं मच्चिएको छ । त्यस अतिरिक्त भिक्टोरिया राज्यको एक सहर मालाकूटामा पनि ठूलो क्षती भएको छ ।
क्याटरिनाले डडेलोको सिजन भर्खर आधामात्रै भएकाले आगामी दिन पनि डडेलो थप क्षति पुर्याउने चिन्ता व्यक्त गरिन् । एजेन्सी

कमेन्ट गर्नुहोस्