दीपिकाको ‘छपाक’ले कति कमायो पहिलो दिन?

एजेन्सीः अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनित चलचित्र ‘छपाक’ शुक्रबारखि देशभरका हलहरुमा प्रदर्शनमा आएको छ ।

एसिड अट्याक सर्वाइवर लक्ष्मी अग्रवालको बायोपिक ‘छपाक’ प्रदर्शन पश्चात दर्शक तथा समिक्षकले मिश्रित प्रतिक्रिया दिइरहेका छन।

चलचित्रमा दीपिकासँगै अभिनेता विक्रान्त मसी पनि मुख्य भूमिकामा रहेका छन् ।

याे पनि पढ्नुस  अजयको ‘तानाजी’ र दीपिकाको ‘छपाक’ले कति कमाए पहिलो दिन?

चलचित्रले हलहरुमा आक्रामक सुरुवात गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार छपाकले पहिलो दिन ५ करोड भन्दा बढीको कमाई गर्न सफल भएको छ ।

कमेन्ट गर्नुहोस्