चितवनः चितवनमा फेरि एक गैंडा मृत अवस्थामा भेटिएको छ । आज बिहान करिब ८ वजे चितवन राष्ट्रिय निकुञ्ज भित्र घडगाई पोष्ट नजिक गैंडा मृत अवस्थामा भेटिएको हो ।
रंगोली घोलमा गढेको अवस्थामा रहेकाले भाले वा पोथी के हो भन्ने बिषयमा बारेमा केही खुल्न सकेको छैन । गैंडा ५–७ दिनदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ
अहिले गैंडालाई पानीबाट निकाल्नका लागि स्काभेटरको प्रयोग गर्न लागिएको छ । यो महिना मात्र चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैंडा मृत भेटिसके । पुस २० गते रतौलको मध्यवर्ती जंगल नजिकको तोरीबारीमा गैंडा मृत भेटिएको थियो ।
चालु आर्थिक वर्षमा यो सँगै ७ वटा गैंडा कालगती र विभिन्न कारणले मरेका छन् ।