एजेन्सीः बलिउड निर्माता तथा अभिनेता अजय देवगनको फिल्म ‘तानाजीः द अनसँग वारियर’ र अभिनेत्री तथा निर्मात्री दीपिका पादुकोण फिल्म ‘छपाक’ एकसाथ हलमा प्रदर्शन भइरहेका छन् ।
शुक्रबारबाट दर्शकमाझ रिलिजमा आए यी दुवै फिल्मको पहिलो दिनको कलेक्शन पनि सार्वजनिक भइसकेको छ ।
पहिलो दिन अजय देवगनको फिल्म ‘तानाजीः द अनसँग वारियर’ले दीपिकाको ‘छपाक’ भन्दा १० करोड बढीको बक्स अफिस कलेक्शन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘तानाजी’ले पहिलो दिन १६ करोड कमाई गरेको बक्स अफिस इन्डियाले जनाएको छ । अभिनेत्री दीपिका पादुकोणको ‘छपाक’ले ६ करोडको ओपनिङ गरेको छ ।
फिल्मको कुल बजेटको हिसाबले ‘छपाक’को पहिलो दिनको कलेक्शन पनि शानदार नै हो ।‘तानाजी’ र ‘छपाक’ दुवै वास्तविक जीवनमा आधारित फिल्म हो ।
अजय देवगनको ‘तानाजी’ मालसुरेको वास्तविक कहानी हो । त्यस्तै दीपिका पादुकोणको ‘छपाक’ एसिड अट्याक सर्भाइवर लक्ष्मी अग्रवालको वास्तविक जीवनको कहानी हो ।