बीबीएलः होबार्टविरुद्ध सिड्नी विजयी, सन्दीपको खेल कहिले?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्सविरुद्ध सिड्नी थन्डर ४ विकेटले विजयी भएको छ । होबार्टले दिएको १ सय ६३ रनको लक्ष्य सिड्नीले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि एलेक्स हेल्सले ५५, उश्मान ख्वाजाले ३४, एलेक्स रसले अविजित ३२ र क्रिस मोरिसले १७ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा होबार्टका क्लाइव रोजले २, काईस अहमद, थोमस रोजर्स, साइमन माइलेन्को र स्कट बोल्याण्डले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको होबार्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

याे पनि पढ्नुस  बीबीएलः सन्दीपको टिमविरुद्ध डिभिलियर्सको शानदार अर्धशतक

उसका लागि जर्ज बेलीले ४३, बेन म्याकडर्मोटले ३३, कालेब जेवेलले ३१, साइमन माइलेन्कोले १७, कप्तान म्याथ्यू वेडले १६, क्लाइव रोजले १४ रन बनाए ।

बलिङमा सिड्नीका क्रिस मोरिस, साम्स डानियलले २–२, लियाम बो र ब्रान्डन डगजेटले एक–एक विकेट लिए ।

आजको जितसँगै सिड्न ९ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । उसले ९ म्याच खेल्दा ४ मा जित र ४ खेलमा हार बेहोरेको छ ।

एक खेलमा वर्षा बाधक भएपछि सिड्नीले अंक बाँडेको थियो । यता होबार्टले भने ८ म्याच खेल्दा ५ मा हार र ३ खेलमा मात्र जित हासिल गरेको छ । होबर्ट ६ अंकका साथ तालिकाको छैटौं स्थानमा छ ।

याे पनि पढ्नुस  बिग बास लिगः राशिद खानको टिमसँग भिड्दै सन्दीपआवद्ध मेलबर्न

मेलबर्नको नवौं म्याचमा पनि टिममा अटाए सन्दीप

बीबीएल अन्तर्गत आफ्नो नवौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आइतबार हुने सिड्नी सिक्सर्स विरुद्धको खेलमा लागि आज १३ सदस्यीय टोली घोषणा गरेको हो ।

सिक्सर्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टिममा मौका पाएका छन् । मेलबर्नले नवौं म्याचमा नाथन कल्टर–नाइल र साम इलियटलाई विश्राम दिइएको छ ।उनीहरुको स्थान ज्याक्सन कोलम्यान र जोनाथन मेर्लोले लिएका छन् । मेलबर्न–सिक्सर्सबीचको खेल आइतबार दिउँसो १ः५५ बजेदेखि मेलबर्नमा सुरु हुनेछ ।

याे पनि पढ्नुस  बीबीएलः पर्थविरुद्ध राशिद खानले लिए ३ विकेट

जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्न स्टार्स शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।

सिक्सर्सविरुद्ध मेलबर्नद्वारा घोषित स्टार्सको टिमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डन्क, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, लान्स मोरिस, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

कमेन्ट गर्नुहोस्