प्रेममा धोका पाएपछि मलेसियामा एक नेपालीले गरे आत्महत्या

मलेसियाः रोजगारीका लागि मलेसिया पुगेका एक नेपालीले शुक्रबार राति आत्महत्या गरेका छन् ।

मलेसियाको सेलाङ्गोर स्थित जि.टि कम्पनीमा कार्यरत बारा, बारागढी–४ सुखीपाथराका प्रभु चौधरीले आफू बस्ने कम्पनी होस्टेलमा डोरीले झण्डियर आत्महत्या गरेका हुन् ।

लामो समयदेखि एक युवतीसँग प्रेम सम्बन्धमा रहेका चौधरी प्रेम सम्बन्ध बिग्रेकै कारण मानसिक तनावमा रहेको र यही कारणले आत्महत्याको बाटो रोजेको हुनसक्ने उनका बुबा बिरेन्द्र चौधरीले फोन सम्पर्कमा बताए ।

याे पनि पढ्नुस  मलेशियामा ज्यान गुमाएका १३ नेपालीलाई दूतावासको सभाहल बाट सम्झना

एक महिना अगाडि मात्रै छुट्टि सकेर पुनः मलेसिया फर्किएका चौधरी मानसिक तनावमा रहेको र शुक्रबार राति पनि अबेरसम्म फोनमा कुरा गरेर बसेको सोही कम्पनीमा कार्यरत उनका साथीहरूले बताएका छन् ।

मृतकको शवलाई हाल पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा लगिएको छ ।

याे पनि पढ्नुस  मलेशियामा २६ नेपाली ठगिको आरोप लागेका शेर्पा विरुद्ध दूतावासमा संयुक्त उजुरी

कमेन्ट गर्नुहोस्