अलराउण्डरतर्फ राशिद खानभन्दा अगाडि पारस खड्का

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ टी–२० वरियतामा नेपालका ४ खेलाडी अटाएका छन् ।

आइसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने अटाएका हुन् ।

अलराउण्डरतर्फ पारस २५औँ स्थानमा कायमै रहेका छन् । उनीभन्दा पछि अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्ड्या, दक्षिण अफ्रिकाका क्रिस मोरिस लगायत नाम चलेका खेलाडी छन् । ब्याटिङतर्फ पारस ६० औँ स्थानमा यथावत छन् ।

करण भने अलराउण्डरतर्फ ७४ औँबाट ७५ औं स्थानमा झरेका छन् । सोमपाल कामी ६८ औँ स्थानमा पुगेका छन् । बलिङको वरियतामा सन्दीप ८४ औँ स्थानमा यथावत छन् ।

कमेन्ट गर्नुहोस्