काठमाडौंः थलिनौबिस–काठमाडौं युवा मञ्चको गठन गरिएको छ । बझाङको थलिनौबिस क्षेत्रमा घर भएर हाल काठमाडौंमा अध्ययनरत विद्यार्थीले आज मञ्च गठन गरेका हुन् ।
विद्यार्थीको एक भेलाले सुरेश जप्रेललाई मञ्चको अध्यक्षमा चयन गरेकाे छ । यस्तै भेलाले धनबहादुर जप्रेल, किशोर बोहरा, देवचन्द्र चलाउने र सिकेन्द्र रोकायालाई मञ्चको उपाध्यक्षमा चयन गरेको उपाध्यक्ष बोहराले जानकारी दिए ।
उनका अनुसार मञ्चको सचिवमा लक्ष्मण चलाउने, सहसचिवमा नविन रोकाया, सम्मान जप्रेल, मिलन बिक र लोकेन्द्र कडायतलाई चयन गरिएको छ ।
मञ्चको कोषाध्यक्षमा झलक चलाउनेलाई चयन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिए ।