बीबीएलः लिनको टिमविरुद्ध पर्थ विजयी, शतक बनाउन चुके मार्श

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत ब्रिसबेन हिटविरुद्ध पर्थ स्कोरचर्स ३४ रनले विजयी भएको छ ।

पर्थले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको ब्रिसबेनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।

उसका लागि टम ब्यान्टनले ५५, जो बर्न्सले ३७, बेन कटिङले २०, कप्तान क्रिस लिनले १४, जिमी पीर्सनले १३ र जेम्स प्याटिनसन ११ रन बनाए । अन्य खेलाडीले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  बिग बास लिगः होबार्ट र मेलनबर्न बीचको खेल रोकियो

बलिङमा पर्थका क्रिस जोर्डन, झाय रिचर्डसन, जोएल पेरिसले २–२ र फवाद अहमदले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पर्थले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १३ रन बनायो । उसका लागि कप्तान मिचेल मार्शले ४१ बलमा ८ छक्का र ३ चौका प्रहार गर्दै अविजित ९३ रन बनाए ।

याे पनि पढ्नुस  बीबीएलः राशिद खानको टिम हार, मेलबर्न शीर्ष स्थानमा कायमै

यस्तै क्यामेरोन बानक्राफ्टले नटआउट ४१, लायम लिभिङस्टनले ३९ र जोश ईन्ग्लिसले २८ रनको योगदान दिए । बलिङमा ब्रिसबेनका जाहीर खान, बेन लाफलिन र जोश लालोरले एक–एक विकेट लिए ।

आजको जितसँगै पर्थ ८ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । ब्रिसबेन हारेर पनि चौथो स्थानमा यथावथ रहेको छ ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नको सातौं म्याच आज, प्लेइङ ११ मा सन्दीप सम्भावना कति?

तालिकाको शीर्ष स्थानमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध मेलबर्न स्टार्स रहेको छ । उसले ८ म्याच खेल्दा ७ मा जित हासिल गर्दै १४ अंक जोडेको छ ।

कमेन्ट गर्नुहोस्