एजेन्सीः शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड अभिनेत्री दीपिका पादुकोणद्वारा अभिनित चलचित्र ‘छपाक’ लिक भएको छ ।
विभिन्न कानुनी झमेलामा फस्दै ‘छपाक’ शुक्रबार प्रदर्शनमा आएको थियो । तर प्रदर्शनको दोस्रो दिनमै एक अनलाइन प्लेटफर्म मार्फत फिल्म लिक भएको भारतीय मिडियाले जनाएका छन् ।
मिडिया रिर्पोटका अनुसार तमिलरोर्कोस नामको वेबसाइटले दीपिकाको फिल्म लिक गरेको हो ।
रिर्पोटका अनुसार प्रदर्शनकै दिन यस अनलाइनले फिल्म लिक गरेको पनि बताइएको छ । यस फिल्म लिक भएको बारेमा अहिलेसम्म फिल्म युनिटले कुनै पनि औपचारिक प्रतिक्रिया दिएकाे छैन ।