१०१ वर्षकी महिला बनिन् आमा!

एजेन्सीः इटालीमा १ सय १ वर्षकी महिलाले बच्चालाई जन्म दिएकी छिन् । त्यहाँको अनातोलिया व्हर्टाडेला नाम गरेकी १ सय १ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी हुन् । यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो ।

मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औँ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

याे पनि पढ्नुस  बच्चालाई कसरी बनाउने अनुशासित?

युरोपेली यूनियनको नियमानुसार अण्डाशय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औँ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । र, यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिइरहेका छन् ।

याे पनि पढ्नुस  उडेको केहीबेरमैं दुर्घटना, तारमा अल्झियो विमान

कमेन्ट गर्नुहोस्