तराइमा हुस्सु–कुहिरो, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौंः आज बिहान देशको तराई क्षेत्रमा व्यापक हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा मौसम सामान्यतया सफा रहेको मौसमविद्ले बताएका छन् । यतिबेला पश्चिमदेखि पूर्वसम्मै तराई क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका अनुसार पूर्वी तराईका हुस्सु–कुहिरो दिउँसो १–२ पछि बिस्तारै हट्दै जानेछ भने मध्य र पश्चिम तराईका हुस्सु–कुहिरो अपराह्नबाट केही पातलो भएर जानेछ तर पूर्ण रूपमा हट्ने सम्भावना रहेको छैन । काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा भने आज अधिकांश स्थानमा घाम लाग्ने सम्भावना छ ।

याे पनि पढ्नुस  कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो आगामी तीन दिनको मौसम पूर्वानुमान?

पुस २७ गते (आइतबार)

दिउँसोः देशका पहाडी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागहरुमा हुसु–कुहिरो लाग्ने सम्भावना छ ।

रातिः देशभर मौसम सामान्यतया सफा रहनेछ ।

पुस २८ गते (सोमबार)

दिउँसोः देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराई भू–भागमा हुसु–कुहिरो लाग्ने सम्भावना छ ।

याे पनि पढ्नुस  फेरि नेपाल प्रवेश गर्दै पश्चिमी वायू, कस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान?

रातिः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

पुस २९ गते (मंगलबार)

दिउँसोः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भूभामा आंशिक बदली रहनेछ । पश्चिमी भू(भागका थोरै स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।

याे पनि पढ्नुस  आजबाट फेरि हिउँदे झरी सुरु

रातिः देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी भूभागका एक–दुई स्थानमा हल्का वर्षाका साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

 

कमेन्ट गर्नुहोस्