काठमाडौं–रसुवागढी दुई घण्टामै पुगिने

काठमाडौंः राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको ५६ अर्ब रुपैयाँको चिनियाँ सहयोग काठमाडौं–केरुङ सडकमार्गमा खर्च गरिने भएको छ।

यो राजमार्गमा दुईवटा सुरुङ मार्गसहित ११ मिटर चौडाइको ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइने छ। सडक बनेपछि काठमाडौंबाट रसुवागढी नाका दुई घण्टामै पुगिने भएको छ।

हाल काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भई टोखा–बिदुर–बेत्रावती हुँदै रसुवागढी पुग्न १०७ किलोमिटर लम्बाइ छ। सुरुङ बनाइएपछि यो सडकको लम्बाइ सरदर ३५ किलोमिटर घट्ने अनुमान छ। यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्