प्रदेश ३ को राजधानी धुलिखेल बनाउने पक्षमा ३ मत

काठमाडौंः प्रदेश ३ को राजधानी काभ्रेको धुलिखेल बनाउने पक्षमा ३ मत मात्र खसेका छ ।

विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा १०१ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै काभ्रे राजधानी बहुमतले अस्वीकृत भएको घोषणा गरेका छन् ।

याे पनि पढ्नुस  काभ्रेमा पनि लकडाउन खुकुलो

प्रदेश ३, प्रदेशसभाले ‘स्थायी राजधानी सम्भाव्यता अध्ययन विशेष समिति’को प्रस्तावअनुसार प्रदेशको नाम र राजधानी टुङ्गो लगाउँदैछ ।

प्रदेशसभामा प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन मतदान प्रक्रिया सुरु भइसकेको छ । प्रदेशसभाको दुई तिहाई बहुमतले नाम र राजधानी टुङ्गो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

याे पनि पढ्नुस  शव बोकेको एम्बुलेन्स दुर्घटनाः ६ घाइते, ४ जनाको अवस्था गम्भीर

 

कमेन्ट गर्नुहोस्