शताब्दीको आदर्श नेतृत्व प्रचण्ड

रमेश विश्वकर्मा
हिन्दु संरचनाभित्र विकास भएको राजतन्त्र र राजतन्त्रको उपरि संरचनामा विकास भएको सामन्तवादको रक्षा गणमा विकास भएका नेपाली उत्पीडित समुदाय र त्यसभित्र विकास भएको परजीवि नेतृत्वलाई उत्पीडितहरूको पनि राज्य हुन्छ भन्ने चेत २१औं शताब्दीको यसअघिका दुई दशक सम्म विश्वास थिएन ।

राज्य कस्को महाराजको, देश कस्को महाराजको, सरकार कस्को महाराजको, भुगोल कस्को महाराजको यति मात्र होइन दिनको सुरुवात र अन्त पनि महाराजको महिमा र स्तुती सँगै हुन्थ्यो । लाग्थ्यो राजा देवहरुका दुत हुन अरू सेवक । दलित, जनजाती, मधेशी, महिलाको सामाजिक, राजनैतिक हैसियत कहाँ थियो ? इतिहास पढ्नै पर्दैन विगत सम्झे काफी हुन्छ, बाग्मतीमा धेरै पानी वगेको छैन ।

ज्ञात होस्, प्रचण्ड व्याक्ति होइन, उत्पीडितहरुको वैचारिक हतियार हो, विश्व राजनितिमा २१औं शताब्दीको आदर्श नेतृत्व हो प्रचण्ड ।

उपल्लो जाती र उच्च वर्गले मुख्यतः दलित समुदायको विभेद पुर्ण सामाजिक हैसियत निर्धारण गरिदिएको थियो । यस समुदायको सामाजिक र राजनैतिक हैसियत के थियो ? कानूनी र राजनैतिक रूपमा नेपाली समाजमा विद्यमान उत्पीडनमा कमी हुन्छ भन्ने विश्वास स्वंयम उत्पीडित नेतृत्वलाई विश्वास थिएन ।

उसो त उत्पीडीत समुदायको आन्दोलनको दिशा नै स्पष्ट थिएन । दलित आन्दोलनको सवालमा भन्ने हो भने सिंहदरवारतिर हिड्नुपर्ने आन्दोलन पशुपतितिर हिँडेको इतिहास साक्षी छ । मन्दिर प्रवेश दलित आन्दोलनको गौरवको विषय बन्यो, पुजा आत्मसम्मानको विषय ।

त्यहि पशुपतितिर हिँडेको आन्दोलनलाई सिंहदरवारतिर डोर्याउने काम कस्ले गर्यो ? कर्णालीको आन्दोलनलाई सिंहदारतिर डोर्याउने काम कस्ले गर्यो, मधेसको माटोमा ओइलिएको आन्दोलनलाई सिंहदरवारतिर डो्र्याउने काम कस्ले गर्यो ? महिलाको हातमा विद्रोहको बन्दुक दिने शाहस र विश्वास कस्ले गर्यो ? प्रचण्डलाई जंगलबाट शहर ल्यायौं भनेर गुन लगाउन खोज्ने परजीविहरूलाई नेपाली समाजशास्त्रको अध्यायन गर्न अनुरोध छ ।

याे पनि पढ्नुस  प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक, के विषयमा हुँदैछ छलफल?

कतै देश विकास अमुर्त चिजमा बद्लिने त होईन ? प्रचण्डलाई छटपटाहट छ, हुटहुटी छ ।

यति मात्र होइन दलित, मधेसी, जनजाती र महिला आन्दोलनमा प्रचण्डको उछितो काटेर नथाक्ने जमात पनि ठुलै छ । भन्छन्, प्रचण्डले यो गरेन, प्रचण्डले त्यो गरेन, प्रचण्ड यस्तो भयो । प्रचण्डलाई व्यक्ति स्वार्थ र राजनितिक स्वार्थमा प्रयोग गर्ने जुन चरित्र नेपाली राजनितिमा विकास भएको छ यसले उत्पीडित आन्दोलनलाई कम्जोर त पार्छ नै प्राप्त उपलब्धिहरू गुम्ने खतरा पनी रहन्छ ।

ज्ञात होस्, प्रचण्ड व्याक्ति होइन, उत्पीडितहरुको वैचारिक हतियार हो, विश्व राजनितिमा २१औं शताब्दीको आदर्श नेतृत्व हो प्रचण्ड । हो, नेपाली समाजले चाहेको जस्तै परिवर्तन हुँदा पनि सामाजिक जिवनमा परिवर्तन हुन सकेको छैन, सिमान्तकृत समुदायको दैनिकीमा ठुलो परिवर्तन आउन सकेको छैन तर यी सवै प्रचण्डका कारणले गर्दा मात्र नभएका होइन्न ।

प्रचण्डका कारण के के परिवर्तन भए आखाँ चिम्लेर छातीमा हात राखेर सोचौं, यति ठुलो राजनितिक, सामाजिक, सामरिक परिवर्तन अहिलेको विश्वमा नेपाल जस्तो देशमा कसरी सम्भव भयो ? व्यवस्था फेरियो, राज्यको संरचना फेरियो, अव नागरिकको चरित्र बद्लिन जरुरी छ ।

जनउत्तरदायी प्रतिनिधिको सक्षमतामा, प्रतिनिधिको संख्या र कार्यान्वयनको सवालमा प्रश्न गर्न सकिन्छ, समाजवादको बाटो अहिलेको जनप्रतिनिधिको चरित्र र व्यवहारबाट निर्माण गर्न सकिँदैन तर पनि राज्यका संरचनाहरु इन्द्रणी समावेशीको रूपमा विकास भएका छन । संसद सबै जातजाती र भाषा भाषिको साझा चौतारीको रूपमा विकास भएको छ, यसको सृजनात्मक विकास कसरी गर्दै जाने, उच्चतम जनमैत्री कसरी बनाउँदै जाने समीक्षा जरुरी छ ।

याे पनि पढ्नुस  ठाउँ–ठाउँमा अराजक गतिविधि बढेको देखियोः अध्यक्ष प्रचण्ड

हिजोका राजा महाराजा र सामन्तहरूको स्वर्ग चानचुने रूपमा ढलेको, भत्केको होईन, यहि तुसले सामन्तका अवशेषहरुले प्रचण्डमाथि बारम्वार प्रहार गरि रहन्छन । सामन्तवादीहरूका नजरमा दलितहरु प्रदेश प्रमुख, सांसद, न्यायधिस र स्थानिय सरकार प्रमुख बनेको पचेको छैन, महिला राष्ट्रपती, प्रधान न्यायाधीश, सभामुख बनेको पचेको छैन, मधेसीहरू राष्ट्रपति, मुख्यमन्त्री बनेको पचेको छैन, थारुहरू जागरुक भई आफ्नो माटो मागेको, जनजातीले आफ्नो पहिचान मागेको सामन्तहरुलाई कहाँ पचेको छ । यहि कारण प्रचण्डमाथि लगातार प्रहार भईरहेको छ ।

प्रचण्डलाई जंगलबाट शहर ल्यायौं भनेर गुन लगाउन खोज्ने परजीविहरूलाई नेपाली समाजशास्त्रको अध्ययन गर्न अनुरोध छ ।

कतै सामन्तहरुले उत्पीडित समुदायको भावनामाथि सौदावाजी गरेर उत्पीडित आन्दोलनलाई कमजोर पारेर अहिलेका उपलब्धिमाथि हमला गर्ने रणनिति अंगालेको त छैन ? सिंगो उत्पीडित आन्दोलनले समिक्षा गर्नैपर्छ ।

अहिलेको परिवर्तन अपाच्य जन्तुका लागि प्रचण्ड बैमान लाग्नु, प्रचण्डलाई वैरी देख्नु स्वभाविक पनि हो तर उत्पीडितहरूले बुझ्नै पर्ने पक्ष, के प्रचण्डलाई कमजोर पारेर दलित, महिला, जनजाती, मधेसीका राजनीतिक मुद्दाहरू बलियो बन्छन ? प्रचण्डलाई कमजोर पारेर एकाध अवसरवादीको स्वार्थ पुर्ती त होला समग्रमा उत्पीडितहरुको आन्दोलनहरू विघटनतिर जाने निश्चित छ ।

विभिन्न तिकडम लगाएर दलित आन्दोलनले प्राप्त गरेको उपलब्धिहरू खोस्न सके, मधेसले प्राप्त गरेका अधिकारहरु खोस्न सके, महिलाले प्राप्त गरेको अधिकारहरू खोस्न सके, उत्पीडित आन्दोलनलाई प्रचण्डको विरुद्व प्रयोग गर्ने गणतन्त्र विरोधीहरूको रणनीतिलाई सिंगो उत्पीडित आन्दोलनले समयमै बुझ्न जरुरी छ ।

याे पनि पढ्नुस  दस्तावेज: यस्तो थियो जनयुद्ध शुरु गर्दा माओवादीले जारी गरेको अपील पर्चा

प्रचण्ड दक्षिण एसियाको सबैभन्दा धेरै खोजी हुने नेता मात्र होइन्न विश्व राजनीतिका शक्तिशाली कम्युनिष्ट नेता पनि हुन । प्रचण्डकै नेतृत्वमा यति ठुलो राजनैतिक परिवर्तन भयो, गणतन्त्र स्थापनाको यति लामो समयसम्म सोचेअनुसार विकासले गति लिन नसक्दा, जनताहरु निरास भइरहँदा प्रचण्डलाई कतै देश विकास अमुर्त चिजमा बद्लिने त होईन ? छटपटाहट छ, हुटहुटी छ ।

प्रचण्डलाई व्यक्ति स्वार्थ र राजनितिक स्वार्थमा प्रयोग गर्ने जुन चरित्र नेपाली राजनितिमा विकास भएको छ यसले उत्पीडित आन्दोलनलाई कम्जोर त पार्छ नै प्राप्त उपलब्धिहरू गुम्ने खतरा पनी रहन्छ ।

यदि नागरिकलाई देशको चिन्ता छ भने उसलाई देशको नेतृत्वको पनि चिन्ता हुनुपर्छ । नेतृत्वले गलत बाटो हिँड्न खोजे साथ छोँडेर नेतृत्वलाई गाली गर्ने प्रवृति राजनीतिक स्थायित्वको अर्को चुनांैतीको रूपमा विकास भएको छ । देश बन्नलाई, नेतृत्वको सहि योजना र नागरिकको सकारात्मक सहभागिता चाहिन्छ ।

नेतृत्वको साहस तव बढ्छ, जव नागरिकले कठिनभन्दा कठिन समयमा नेतृत्वको रक्षा गर्छ । प्रचण्ड राष्ट्रको सार्वभौमिकता, जनताको आकांक्षा र सहिदको सपना प्रति संवेदनसिल छन् । प्रचण्डको अनुहारमा देश, जनता र सहिदका लागी स्वर्णिम इतिहास छोँडेर जाने उत्कष्ट चाहना झल्किन्छ ।

आउँ, एक चोटी फेरी युग पुरुषलाई विश्वास गरौं, २१औं शताब्दीको यो समयमा विश्व उत्पीडितहरूको गौरवपुर्ण नेतृत्व निर्माण गरौं, प्रचण्डलाई प्रचण्ड के हो स्वंयम प्रमाणित गर्ने अन्तिम अवसर दिऊ, नेपाली भूमीबाट २१औं शताब्दीको आदर्श नेतृत्वको विकास गरौं, विश्वास छ हामी बद्ले, देश अवश्य बद्लिने छ, भविष्य बद्लिने छ ।

कमेन्ट गर्नुहोस्