होटल सञ्चालकसहित प्रहरीद्वारा एक जोडी पक्राउ

जनकपुरधामः धनुषामा होटलमा यौन धन्दा चलाउने सञ्चालकसहित एक जोडीलाई पक्राउ गरिएको छ ।

जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित पेपरमिल रोडमा सञ्चालनमा रहेको सुविधा गेष्ट हाउसमा छापा मारी प्रहरीले गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु

यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ । पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्