बीबीएलः मेलबर्नको आठौं जित, सन्दीपलाई आज पनि सफलता

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध मेलबर्न स्टार्स ४४ रनले विजयी भएकाे छ ।

मेलबर्नले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनाउन सक्यो ।

उसका लागि बेन डार्सविसले अविजत ४२, कप्तान मोइसेस हेनरिक्सले ४१, जोर्डन सिल्कले ३२, जेम्स विन्सले १६, डेनियल ह्यूजेसले २० रन रन बनाए ।

याे पनि पढ्नुस  बीबीएल क्वालिफयार खेल छोडेर नेपाल फर्किँदै सन्दीप

बलिङमा मेलबर्नका क्लिन्ट हिन्चलिफले ३, सन्दीप लामिछाने, हरिस रौफ, डानियल वर्रल र लान्स मोरिसले एक–एक विकेट लिए ।

यसअघि ‘ब्याट फ्लिप’ हारेर ब्याटिङको मेलबर्नले निर्धारित २० ओभरमा १ विकेट गुमाएर २ सय १९ रन बनायो ।

उसका लागि ओपनर मार्कस स्टोइनिसले शतक बनाए । उनले ७९ बलमा ८ छक्का र १३ चौका प्रहार गर्दै अविजित १ सय ४७ रन बनाए ।

याे पनि पढ्नुस  बिग बास लिगः दशौं खेलका लागि मेलबर्न स्टार्सको सम्भावित प्लेइङ ११

शतकसँगै स्टोइनिसले इतिहास रचेका छन् । उनले बीबीएलमा एकै खेलमा व्यक्तिगत सर्बाधिक रन बनाउने खेलाडीको इतिहास रचेका हुन् ।

मेलबर्नलाई विशाल लक्ष्यमा पुर्‍याउन अर्का ओपनर हिल्टन कार्टराइटले ४० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५९ रनको योगदान दिए ।

यस्तै कप्तान ग्लेन म्याक्सवेल ५ रनमा अविजित रहे । बलिङमा सिड्नीका टम करनले एक विकेट लिए । आजको जितसँगै गत संस्करणको उपविजेता मेलबर्नले १६ अंक जोडेको छ । र, मेलबर्न शीर्ष स्थानमा कायमै छ ।

याे पनि पढ्नुस  बिग बास लिगः पहिलो ओभरमै सन्दीपले लिए विकेट

सिड्नी ९ खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । मेलबर्नले आफ्नो दशौं खेल १५ तारिख पर्थ स्कोरचर्सविरुद्ध खेल्ने छ ।

कमेन्ट गर्नुहोस्