कल्पनाले जितिन् ‘मम्मी डान्स प्रतियोगिता’को ताज

बुटवलः रुपन्देहीको सैनामैनामा भएको ‘मम्मी डान्स प्रतियोगिता’को ताज बुटबलकी कल्पना डुम्रे ज्ञवालीले जितेकी छन् ।

चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै कल्पनाले ताज जितेकी हुन् ।

विजेतालाई ताज, नगद २० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतीय भएका छन् । उनीहरुले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

याे पनि पढ्नुस  रुपन्देहीका ७ स्थानीय तहमा आवागमन बन्द

यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा कल्पना द्वितीय भएकी थिइन् । उनी बुटवलको बुद्ध टेलिभिजन र रेडियो जागरणमा कार्यरत छिन् ।

कमेन्ट गर्नुहोस्