पूर्ण फिट भए हार्दिक, तर पनि किन गुमाए न्यूजिल्याण्ड भ्रमण?

काठमाडौंः हार्दिक पाण्ड्याले भारतको ‘ए’ टीमको न्यूजिल्याण्ड भ्रमण गुमाएका भएका छन् । क्रिकेट खेल्न ‘फिट’ भएपनि उनले न्यूजिल्याण्ड भ्रमण भने गुमाएका हुन् ।

भारतीय मिडियाका अनुसार पाण्ड्याका प्रशिक्षक एस रजनीकान्तले उनलाई आफ्नै बलिङ टेस्ट गर्नका लागि सल्लाह दिएका छन् ।

प्रशिक्षकको सल्लाह बमोजिम पाण्ड्या अन्तिममा आएर न्यूजिल्याण्ड भ्रमणमा समावेश नभएका हुन् । समाचारमा जनाइए अनुसार अन्तर्राष्ट्रिय खेल भन्दा अघि उनीमाथि धेरै दबाब नबढाउने सोचका साथ प्रशिक्षक रजनीकान्तले यस्तो निर्णय लिएका हुन् ।

याे पनि पढ्नुस  विराट काेहली नयाँ कीर्तिमान नजिक, होला त पूरा?

‘उनी सय प्रतिशत फिट छन् तर म एकपछि अर्को चुनौती लिन चाहन्न । पाण्ड्याको कुनै फिटनेस परीक्षण गरिएको छैन्, त्यसैलै कुनै पनि परिक्षामा असफल हुने प्रश्न नै छैन्’ उनका प्रशिक्षक रजनिकान्तले भने ।

प्रशिक्षक रजनिकान्तको कुरामा सहमति जनाउने हो भने भारत ‘ए’ टीमको न्यूजिल्यान्डको भ्रमणमा पाण्ड्या देखिने छैनन् । यद्यपी उनी वरिष्ठ टीमसँग न्यूजिल्याण्डको भ्रमणमा जानसक्ने सम्भावना भने देखिन्छ । पाण्ड्याको स्थानमा विजय शंकरलाई भारत ‘ए’ टीममा मौका दिइएको छ । शनिबार उनी टीमका अन्य सदस्यसहित न्यूजिल्याण्ड प्रस्थान गरिसकेका छन् ।

याे पनि पढ्नुस  भारतीय टिम घोषणाः हार्दिक आउट, कुणाललाई टिममा समावेश

पाण्ड्याका प्रशिक्षकले उनीहरुसँग सम्बन्धित तथ्यांक बीसीसीआईलाई पठाएको बताएका छन्, अब बीसीसीआई र एनसीएले उक्त मामिलाबारे निष्कर्ष निकाल्ने छन् ।

कमेन्ट गर्नुहोस्