राष्ट्रियसभा निर्वाचनः नारायणकाजीद्वारा चुनावी भेटघाट सुरु

पोखराः आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले चुनावी भेटघाट शुरु गरेका छन् ।

गण्डकी प्रदेशमा ‘अन्य समूह’बाट उम्मेदवार बनेका पार्टीका सचिवालय सदस्य श्रेष्ठ र महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले आज पोखरामा मतदातासँग भेटघाट गरे ।

उम्मेदवारद्वयले पार्टीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुसँग निर्वाचनमा केन्द्रित भएर छलफल गरेका थिए ।

याे पनि पढ्नुस  एमसीसी नेपालका लागि अवसर हो, विवाद गर्नु बेकार: प्रम ओली

त्यस अवसरमा उम्मेदवार श्रेष्ठले पार्टीले राष्ट्रियसभामा आफ्नो आवश्यकता देखेर नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू राष्ट्रियसभामा जान तयार भएको बताए । आगामी दिनमा समेत पार्टी र देशको हितका लागि उपयुक्त पात्रलाई आवश्यकताका आधारमा काम दिइने जानकारी दिँदै उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

याे पनि पढ्नुस  रवि समर्थककाे आन्दाेलनविरुद्ध कृष्ण राई र हिमाल शर्माले निकाले कडा विज्ञप्ती

उम्मेदवार न्यौपानेले पार्टीले आफूलाई विश्वास गरेर उम्मेदवार बनाएकाले पार्टीको भरोसा र प्राप्त जिम्मेवारीलाई पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यका ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको १८ मतभार छ ।

निर्वाचनमा गण्डकी प्रदेशसभामा कूल दुई हजार ८८० र स्थानीय तहमा तीन हजार ६० गरी पाँच हजार ९४० मतभार छ । सोमध्ये सत्तारुढ नेकपाको प्रदेशसभामा एक हजार ९२० र स्थानीय तहमा एक हजार ५१२ मतभार छ ।

कमेन्ट गर्नुहोस्